प्रधानमन्त्रीबाट दिनेश डिसीको नयाँ फिल्म मूर्हत : प्रेम आलेले ५ महिनाको तलवनै दिए (newsfilmy)
June 4, 2022
मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा (nagariknetwork.com)
June 4, 2022
 

दिनेश डिसीको निर्देशनमा बन्ने भयो ‘सर्वजित’


ककाठमाडौं– दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको बायोपिक फिल्म ‘सर्वजित’ निर्माण हुने भएको छ।
शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो फिल्मको शुभमुहुर्त गरेका छन् ।
भगत सर्वजित विश्वकमा प्रतिष्ठानको स्वीकृतिमा दलित महिला केन्द्रले यो फिल्म निर्माण गर्न लागेको हो ।
फिल्मको निर्देशन दिनेश डिसीले गर्ने भएका छन् । एक करोड २५ लाख रुपैयाँको लगानीमा यो फिल्म निर्माण हुने बताइन्छ ।
शुभमुहुर्त कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले फिल्म निर्माणमा आफूले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे ।
बाग्लुङ, पाल्पा, पोखरा, काठमाडौं तथा भारतको बनारसमा छायांकन हुने यो फिल्ममा एनबी महर्जनको द्वन्द निर्देशन रहने छ ।
फिल्ममा एलिश कार्कीको पार्श्व संगीत, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, नहकुल खड्काको सम्पादन, रमेशमान श्रेष्ठको एनिमेसन र अनन्त घिमिरेको भीएफएक्स तथा कलर करेक्सन रहने छ ।
फिल्मका लागि कलाकारको छनोट भने हुन बाँकी रहेको बताइएको छ ।
Read More on Kala Karmi