दिनेश डिसीको निर्देशनमा बन्ने भयो ‘सर्वजित’(kalakarmi.com)
June 4, 2022
मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा (Radio Nepal)
June 4, 2022
 

मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो।
चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन्। उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गरेका छन्।
‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो। उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ।
Read More on Nagariknews